थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि

-



     सफल आवाज    
     पौष २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० पुस । देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा नौ हजार ३२९ जनाको नमूना परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात हजार ७९४ जनाको पीसीआर तथा एक हजार ५३५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २६३ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको संख्या आठ लाख १२ हजार ९३७ पुगेको छ । निको हुनेदर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ लाख २९ हजार ६३२ जनामा तथा एन्टीजेन विधिबाट परीक्षण गर्दा ९६ हजार ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको संक्रमण ४८ लाख ८७ हजार ८१८ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको संख्या आठ लाख ३५ हजार ९५२ पुगेको छ ।