बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ पुस । नेपाली बजारमा सुनचाँदीको भाउ आज उकालो लागेको छ । अघिल्लो दिन रुपैयाँ ९०० ले घटेको छापावाला सुनमा यसदिन ६०० रुपैयाँले बढेको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार छापावाला सुनमा रुपैयाँ ६०० ले बृद्धि भई प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा रुपैयाँ १० ले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा हुने परिवर्तनको कारण त्यसको प्रभाव नेपाली बजारमा पनि पर्ने गरेको छ ।