कति पुग्यो अमेरिकी डलरको भाउ ?

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ पुस । आज बुधबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसामा कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५१ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर १३५ रुपैयाँ १८ पैसा पुगेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ८२ पैसा पुगेको छ भने बिक्रीदर ८६ रुपैयाँ २५ पैसामा कायम भएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर भने ३१ रुपैयाँ ६९ पैसामा कारोबार भइरहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।