नेप्सेमा छ्याङ्दी हाइड्रोसहित ५ कम्पनीको सेयर मूल्य समायोजन

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छ्याङ्दी हाइड्रोपावर कम्पनीसहित पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेका ४ कम्पनी र हकप्रद निष्काशनका लागि बुक क्लोज गर्ने निर्णय गरेको एक कम्पनी गरी पाँच कम्पनीको मूल्य समायोजन भएको हो ।

नेप्सेका अनुसार आज साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेका जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्स र हकप्रद निष्काशनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ्याङदी हाइड्रोपावरको मूल्य समायोजन भएको हो ।

जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता २३८३.०२ कायम भएको छ । कालिका लघुवित्तको १३ प्रतिशत बोनसमा मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ११६३.७२ कायम भएको नेप्सेले जनाएको छ ।

पोखरा फाइनान्सको ८.०८ प्रतिशत बोनसमा मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ४४०.४३ कायम भएको छ भने मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत बोनसमा मूल्य समायोजन भएर कम्पनीको सेयर मूल्य प्रति कित्ता ४१६.८१ कायम भएको हो ।

हकप्रद निष्काशनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ्याङदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि समायोजन भएको छ । सो हाइड्रोको ३० प्रतिशत हकप्रदमा मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३९६.१५ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।