एनआइबीएल समृद्धि फण्ड-१ ‘परिपक्व’

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ पुस । २०७१ साल पुष २३ देखि सञ्चालनमा आएको एनआइबीएल सामूहिक लगानी कोषअन्तर्गत एनआइबीएल समृद्धि फण्ड-१ यहि पौष २२ गते परिपक्व हुन लागेको छ ।

नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको र एनआइबीएल एस क्यापिटल योजना लिमिटेड व्यवस्थापक रहेको यस फण्डले ७ वर्ष अगाडी १० रुपैयाँ अंकित दरका १० करोड इकाईको एक अर्ब रुपैयाँ बराबर फण्ड निष्काशन गरेको थियो ।

यस योजनाले ७ वर्षको अवधिमा इकाई धनीलाई ९८.५ प्रतिशत लाभांश वितरण गरेको थियो भने दोस्रो बजारमा अधिकतम प्रति इकाई १७.७१ रुपैयाँसम्म कारोबार भएको थियो ।

एनआइबीएल सामूहिक लगानी कोष अन्तगर्तको एनआइबीएल समृद्धि फण्ड-१ पहिलो बन्दमुखी योजना रहेको थियो । साथै योजना परिपक्व हुन लागेसँगै क्यापिटलले अर्को नयाँ स्किम ल्याउने तयारीमा जुटेको छ ।