तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

-



     सफल आवाज    
     पौष २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ पुस । नेपाली बजारमा सुनचाँदीको मूल्य ५०० रुपैयाँले माइनसमा झरेको छ । बुधबार ६०० रुपैयाँले बढेको सुन आज ५०० रुपैयाँले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको बिहीबार छापावाला सुन ९२ हजार ३०० मा कारोबार भएको छ भने तेजाबी सुनको प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा किनबेच भएको छ । बुधबार छापावाला सुनमा रुपैयाँ ६०० ले बृद्धि भई प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य एक हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको महासंघको तथ्यांकले देखाएको छ ।