हिमालयन जनरल इन्स्योरेन्सद्वारा ७ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     पौष २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ पुस । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई गत वर्षको मुनाफाबाट ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको सञ्चालक समितिको बैंठकले गत आव २०७७/७८ को मुनाफाबाट ६.६५ बोनस सेयर र ०.३५ नगद गरेर ७ प्रतिशत सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

प्रस्ताव गरिएको लाभांश आगामी २८ औं साधारणसभामा पेश गरिने कम्पनीका नायव महाप्रवन्धक ध्रुवप्रसाद न्यौपानेले बताए । उनका अनुसार कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड तीन लाख ३६ हजार सात सय रुपैयाँ छ । जसबाट ६.३५ प्रतिशत बोनस सेयरअनुसार सात करोड ३१ लाख ७२ हजार चार सय र ०.३५ प्रतिशत नगद लाभांशको ३८ लाख ५१ हजार १७९ रुपैयाँ गरी सात करोड ६९ लाख ९३ हजार ५७९ रुपैयाँ सेयरधनीहरुलाई कम्पनीले लाभांश वितरण गर्ने भएको छ ।