साताको अन्तिम दिन ४० अंकले बढ्यो नेप्से, दुई कम्पनीको कारोबारमा सर्किट

-



     सफल आवाज    
     पौष २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ पुस । साताको अन्तिम दिन सेयर बजार उकालो लागेको छ । साताको पहिलो तीन दिनसम्म लगातार उकालो लागेको नेप्से बुधबार भने ओरालो लागेको थियो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ४३.२९ अंकले बढेर दुई हजार ६९२.४७ मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१६ अंकले बढेर ५०६.१५ बिन्दुमा प्रवेश गरेको छ । आज २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर तीन अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँमा किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये व्यापार र उत्पादनमूलकबाहेक सबै उपसमूहअन्तर्गतको सेयर बढेको छ । आज सबैभन्दा बढी होटल तथा पर्यटन समूहअन्तर्गतका लगानीकर्ताले कमाएका छन् । होटल तथा पर्यटन उपसमूहको सेयर आज ३.४८ प्रतिशतले बढेको हो । आज दुई कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । तेह्रथुम पावर कम्पनी र नेपाल फाइनान्स कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।