छ्याङ्दी हाइड्रोपावारको माघ ११ देखि झण्डै ९ करोडको हकप्रद सेयर खुल्ने

-



     सफल आवाज    
     पौष २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ पुस । छ्याङ्दी हाइड्रोपावरले माघ ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले सेयरधनीहरुको लागि चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको ३० प्रतिशतले हुने ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

कम्पनीका अनुसार रुपैयाँ १०० मूल्य अंकित दरले ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गरिने भएको हो । सेरधनीहरुले सेबोनबाट अनुमति पाएका सिआस्वा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट फागुन २ गतेसम्म निवेदन दिन सक्नेछन् ।

कम्पनीले पुस १ गते सेबोनबाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको थियो । कहप्रद सेयर बिक्री भएपछि कम्पनीको चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्ने भएको छ ।

सेयर निष्कासनको प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको थियो । पुसको २० गतेसम्म कायम भएका सेयरधनीहरुले मात्रै हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।