
काठमाडौं, २३ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जनाको नाम छनौट गरिएको छ । गत भदौदेखि सीईओबिहीन भएको नेप्सेमा नयाँ सीईओका लागि अर्थ मन्त्रालयले अन्तर्वार्ताका लागि पाँच जनालाई छनौट गरेको हो ।
सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएपछि भदौ ८ गते राजीनामा दिएका थिए । सीईओ रिक्त भएको लामो समयपछि अर्थ मन्त्रालयले सीईओ छनोट समिति गठन गरेको थियो ।
सीईओ छनौटका लागि गठित समितिको दरखास्त आह्वानमा ११ जनाले आवेदन दिएका थिए । तर, आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको आधारमा प्राप्तांकको प्राथमिकताका आधारमा पाँच जना मात्रै छनौटमा परेका छन् । जसमा कृष्णबहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम सर्ट लिस्टमा परेको हो ।
छनौटमा परेका उम्मेदवारले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिनुपर्ने छ । समितिले पुस २५ गते आइतबार अन्तर्वार्ताको मिति तोकेको छ । त्यसपछि नेप्सेले एक जना सीईओ पाउनेछ । सीईओ बन्नका लागि दिनेहरुमा नेप्सेका कामु प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, डा. रमेशकुमार भण्डारी, केशवकुमार श्रेष्ठ, रमेश घिमिरे, कृष्णबहादुर कार्की, दीपक गौतम, गोविन्दप्रसाद दाहाल, बद्रीप्रसाद प्याकुरेल, र छवीराज पन्तले आवेदन दिएका थिए ।
सीईओ नियुक्तिका लागि छनौट समितिमा अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल छन् ।









काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




