माघ ३ देखि २ अर्बको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६” निष्काशन हुने

-



     सफल आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ पुस । एभरेष्ट बैंकले माघ ३ गतेदेखि ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने जनाएको छ । बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६” को निष्काशन तथा बिक्रीमा ल्याउन लागेको हो ।

बैंकका अनुसार प्रतिकित्ता १००० रुपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरिने भएको हो । त्यसबाट ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ । १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता बैंक स्वयंले बिक्री गर्ने भएको छ ।

ऋणपत्र खरिद गर्नका लागि छिटो माघ ६ गतेसम्म र ढीलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।