आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

-


     सफल आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित


काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ । आइतबार निगमको कार्यकारी निर्देशकका लागि गठित छनौट तथा सिफारिस समितिले कार्यकारी निर्देशकका लागि दरखास्त आब्हान गरेको हो ।

सूचनामा इच्छुक व्यक्तिले अबको २१ दिनभित्र दरखास्त दिन सकिनेछन् । कार्यकारी प्रमुख हुनका लागि निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।