आइडिया नेपालको वार्षिक साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ पुस । इन्टेरियर डिजाइनर्स एशोसियसन अफ नेपाल (आइडिया नेपाल) को वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंस्थित लैनचौर व्यांकेटमा एक कार्यक्रमबीच साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले इन्टेरियर डिजाइन क्षेत्रको प्रयोग र विकासको लागि सरकारले आवश्यक पाइलाहरु चाल्ने बताइन् । कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा सह्राहनीय कार्य र योगदानको लागि रविन्द्र पुरीलाई सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको सभापतित्व गरेका आइडिया नेपालका अध्यक्ष विन्द्रा प्रधानले आइडिया नेपाल इन्टेरियर डिजाइनको उत्थान र प्रगतिको निम्ति लागि पर्ने र इन्टेरियर डिजाइन प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली, सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रसंग सम्बन्धित हुनुपर्ने बताइन् ।