
साताको पहिलो दिन सेयर बजार ७३ अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७३.१ बिन्दुले बढेर दुई हजार ७६५.४७ अंकमा प्रवेश गरेको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ पर्सिूचक पनि १३.२१ बिन्दुले बढेर ५१९.३७ अंकमा प्रवेश गरेको छ ।
आइतबार पछिल्लो महिना यताकै कारोबार रकममा समेत वृद्धि भएको छ । लगातार ओरालो लागेको सेयर बजारमा कारोबार रकमसमेत निकै तल झरेको थियो । आज भने सात अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँमा किनबेच भएको छ । आज २३९ कम्पनीका एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर किनबेच भएका हुन् । आज सुरुवाती चरणमै सेयर बजारमा हरियाली देखिएको थियो । कारोबार सुरु भएको एक घण्टामै नेप्से परिसूचक ६९.७१ बढेको थियो ।
एक घण्टाको अवधिमा बजार २.५९ प्रतिशतले बढेको छ । बजारसँगै कारोबार रकम पनि दुई अर्ब २५ करोड ५६ लाख बराबर किनबेच भइसकेको थियो । आज नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ वटै उपसमूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी व्यापार समूहअन्तर्गतका लगानीकर्ताले कमाएका छन् भने विकास बैंक तथा वित्त समूहका लगानीकर्ताले पनि राम्रै कमाएका छन् ।
व्यापार समूह, ६.०८, विकास बैंक ५.४९, वित्त ५.१६ प्रतिशतले बढेको छ । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । हिमालय उर्जा विकास कम्पनी र हिमालय हाइड्रो्को सेयर १० प्रतिशतले बढेको हो ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




