पुनर्बिमा कम्पनीको सञ्चालक समितिमा पन्त र पाण्डे निर्वाचित

-



     सफल आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ पुस । नेपाल पुनर्बिमा कम्पनीको सञ्चालक समिति सदस्यमा सुनिलबल्लभ पन्त र दीपप्रकाश पाण्डे निर्वाचित भएका छन् ।

बिहीबार कार्की व्याङकेट बबरमहलमा सम्पन्न आर्थिक वर्ष २०७६/७७ को छैठौं वार्षिक साधारण सभाबाट नियमावलीको नियम २७ को उपनियम २ (ख) नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताको तर्फबाट दुई जना निर्वाचित भएका हुन् ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट पन्त र शिखर इन्स्योरेन्स कम्पनीका तर्फबाट पाण्डे आगामी चार वर्षका लागि सञ्चालक समितिको सदस्य पदमा निर्वाचित भएको कम्पनी सचिव विष्णुप्रसाद उपाध्यायले जानकारी दिए ।