
काठमाडौं, २५ पुस । लायन्स क्लब र भोमी अस्पतालले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब काठमाडौं सोसियल फ्रेण्ड, लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रल र भोमी अस्पताल संयुक्त आयोजनामा काभ्रेको पनौती नगरपालिका १० खोपासीस्थित साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ चेकजाँच गरिएको हो ।
२०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० वर्षभन्दा माथिका बृद्धबृद्धाहरु छन् । उक्त समाजमा रहेका बृद्धबृद्धाहरुको जनरल चेकअप, सुगर जाँच, फिजियोथेरापी परामर्श, ब्लड प्रेसर, पिसाब जाँच र निःशुल्क ईसीजीको चेकजाँच गरिएको हो । लायन्स क्लब काठमाडौं र भोमी अस्पतालको सहकार्यमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा ९५ जनाले स्वास्थ्य चेकजाँच गरेका थिए ।
दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजका महासचिव भुषणकुमार श्रेष्ठले जानकारी दिए । साथै जन्मदिन र वैवाहिक जीवनमा बाँधिएको अवसरमा पनि त्यहाँ कार्यक्रम मनाउने गरिएको उनले बताए ।
भोमी अस्पताल म्यानेजर राजेशकुमार शाहीका अनुसार शिविरको आयोजना गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा यस्ता कार्यक्रममा सहयोग पुग्ने छ । त्यस्तै, भोमी साहारा कार्ड वितरण गरेको उनले बताए । भोमी साहारा कार्डमा निःशुल्क एम्बुलेन्स, निशुल्क चेकअप, निःशुल्क परामर्श र अन्य सेवामा विशेष छुट दिने अस्पतालले जनाएको छ ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




