माघ १५ गतेसम्म बिद्यालयमा बिदा दिन सिसिएमसिको सिफारीस

- २५ जनाभन्दा बढी भेला हुन नपाइने, किनमेलमा जानेले खोप कार्ड देखाउनु पर्ने

-



     सफल आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ पुस । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसि)ले भोलिदेखि लागू हुने गरि माघ १५ गतेसम्म बिद्यालयमा बिदा दिन सिफारीस गरेको छ । कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सिसिएमसिको आज बसेको बैठकले देशभरिका १० कक्षासम्मका विद्यालयमा हिउँदे बिदा दिन संघीय मामिला मन्त्रालयलाई सिफारीस गरेको हो ।

सिसिएमसि प्रवक्ता सुनिता नेपालले पुस २६ गतेदेखि लागू हुने गरी बिद्यालय बन्द गर्ने, अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस भेला हुनेगरी महोत्सव नगराउने र भीड रोक्न गृहमन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको बताएकी छन् ।

माघ ३ गतेदेखि सार्वजनिक स्थान, पार्क, फिल्म हल, रेष्टूरेण्ट तथा किनमेलका लागि जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनु पर्ने सिसिएमसिले निर्णय गरेको छ ।

सिसिएमसिका अनुसार परिक्षा तालिका सार्वजनिक भईसकेका शिक्षण संस्थामा सामाजिक दूरीलाई कायम राखेर परिक्षा संचालन गर्ने निर्णय गरेको छ ।

बैठक प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा बसेको सिसिएमसिको बैठकले सिमानामा परीक्षण्को दायरालाई बढाउने, छुटेका बालबालिकालाई खोप लगाउने, सार्वजनिक स्थानमा एन्टिजेन बुथ राख्ने, राजनीतिक कार्यक्रम तथा मेला महोत्सव नगर्न आग्रह गरेको छ । यसका लागि स्थानिय प्रशासनसंग अनुमति लिनुपर्ने निर्णय गरिएको छ ।

यस्तै बैठकले विमानस्थलमा यात्रुको भिडभाड नहुनेगरी उडानको तालिका बनाउन पर्यटन मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।