राष्ट्र बैंकले आज १६ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दै

-



     सफल आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ पुस । नेपाल राष्ट बैंकले आज १६ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दैछ । बैंकले पुस २७ गतेदेखि २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो ।

केन्द्रीय बैंकले २८ दिनका लागि रुपैयाँ २ अर्ब को ट्रेजरी बिल जारी गर्न लागेको छ । उक्त बिल माघको २५ मा परिपक्व हुनेछ ।

यस्तै बैंकले ९१ दिनका लागि रुपैयाँ ८ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो बिल आउने चैत्र महिनाको २९ गते परिपक्व हुनेछ । अर्को १८२ दिने रुपैयाँ ६ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो बिल २०७९ असार २८ गते परिपक्व हुने भएको छ ।

बोल कबोलका लागि बैंक तथा वित्तीय संस्था र सर्वसाधारण सामेल हुन पाउनेछन् ।