घट्यो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएको छ । छापावाला सुन तोलामा ३०० तथा चाँँदीमा रुपैयाँ ५ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन तोलामा रुपैयाँ ३०० ले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंंघका अनुसार चाँदीमा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।