नेप्सेको सीईओका लागि तीन जनाको नाम सिफारिस

-



     सफल आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

सीईओका लागि ११ जनाले आवेदन दिएकामध्ये सर्ट लिस्टमा ५ जनाको नाम छनौट गरिएको थियो । छनौट समितिले ५ जनाबाट तीन जनाको नाम मात्रै सिफारिस गरेको छ । जसमा कृष्णबहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी रहेका छन् ।

अब तीन जनामध्ये कसले बाजी मार्ला भनेर चाँसोको रुपमा हेरिएको छ । सीईओ छनौटको प्राव्धानअनुसार छनौट समितिले सिफारिस गरेका तीन जनाकै नाम अर्थमन्त्रालयले मन्त्रिपरिषदको बैठकमा पेश गर्नेछ । मन्त्रिपरिषदले एक जनालाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतको रुपमा सिफारिस गर्नेछ ।

सीईओको कार्यकाल ४ वर्ष हुन्छ । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालीन सीईओ चन्द्र साउँदले राजीनामा दिएपछि नेप्सेमा सीईओको पद खाली थियो । लामो समयपछि सरकारले नेप्सेको सीईओ नियुक्त गर्न लागेको हो ।