बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ । छापावाला सुन तोलामा ३०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएर प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाामा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार १०० मा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी प्रतितोला रुपैयाँ १० ले बढेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।