प्रि ओपन सेसन-नेप्सेमा ७.६९ अंकको बृद्धि

-



     सफल आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ पुस । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंकले बढेको छ । सोमबार १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेर रोकिएको थियो ।

यसदिन प्रि ओपन सेसनमै नेप्से परिसूचक ७.६९ अंकले बढेर २७९२.६३ विन्दुमा उक्लिएको छ ।

नेप्सेमा ०.२८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेर ५२३.४५ विन्दुमा पुगेको छ । कुल २७ कम्पनीको सेयर कारोबार भएको छ । यो समाचार तयार पर्दासम्म १३ हजार ३४६ कित्ता सेयरको खरिदबिक्रीबाट ५२ लाख ५१ हजार ८१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।