नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार लघुवित्तको ४० प्रतिशत बोनसपछिको सेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले गरेको बुक क्लोजसँगै ४० प्रतिशत बोनस सेयरपछि सेयरमूल्य समायोजन भएको हो । सोमबार भएको अन्तिम कारोबार मूल्यको आधारमा सेयर मूल्य समायोजनपछि नयाँ मूल्य प्रत्तिकित्ता २६१४‍.२९ रुपैयाँ निर्धारण भएको छ ।

लघुवित्तका सेयर धनीले कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद सेयर गरी कुल ४५ प्रतिशत लाभांश पाउने भएका छन् ।