सहज यात्राका लागि यती एयरलाइन्स र पठाओबीच सम्झौता

-



     सफल आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ पुस । यात्रुहरूको सहज यात्राको लागि राइड सेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सबीच सहमति भएको छ ।

सम्झौताअनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छुट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी)मा ५० प्रतिशत (१७५ रुपैयाँसम्म) छुट प्राप्त गर्न सक्ने जनाएको छ ।

काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्टसम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्यसम्म पुग्न सहजताको लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा सहज यात्रा अफर ल्याएका हुन् ।