पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना संक्रमण, १ को निधन

-



     सफल आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९८१ जना र चार हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी दुई हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एकजनाको मृत्‍यु भएको छ भने ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९८०, ललितपुरमा २२१, कास्कीमा ८७, भक्तपुरमा ८५, मोरङमा ६२ र रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमित थपिएका हुन् ।