सिटिजन्स बैंकको पोखरा सिमलचौरमा प्रिभिलेज काउन्टर बिस्तार

-



     सफल आवाज    
     पौष २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ पुस । सिटिजन्स बैंकले कास्कीको पोखरामा प्रिभिलेज काउन्टर बिस्तार गरेको छ । बैंकले पोखरा महानगरपालिकाको सिमलचौरमा उक्त काउन्टर बिस्तार गरेको हो ।

ग्राहकलाई छिटो र गुणस्तरिय सेवा प्रदान गर्नका लागि सो काउन्टर बिस्तार गरिएको बैंकले जनाएको छ । बैंकले आगामी दिनहरुमा अन्य प्रदेशमा विशेष बैंकिङ सेवाहरुलाई बिस्तार गर्ने बताएको छ ।

यसअघि बैंकले काठमाडौंको नारायणहिटी पथ र कमलादी, लुम्बिनीको कालिकानगर, विराटनगर, बिर्तामोड झापा र राजविराज शाखाका प्रिभिलेज काउन्टरबाट विशेष बैंकिङ सेवा दिदैं आईरहेको छ ।

बैंकका देशका विभिन्न स्थानमा १७४ शाखा, १२३ एटिएम र ९० वटा शाखारहित बैंकिङ सेवा संचालनमा रहेका छन् ।