११७ रुपैयाँ पुग्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

-



     सफल आवाज    
     पौष २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ पुस । आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

बुधबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेअनुसार आज युरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३६ पैसा छ ।

आज क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रीदर ९३ रुपैयाँ ८१ पैसामा कारोबार भएको छ । त्यस्तै जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ २२ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आज स्वीस फ्रेङ्क एकको खरिददर १२७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा छ । चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।