
काठमाडौं, २८ पुस । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर कारोबार मापन नेप्से परिसूचक ३०.५१ बिन्दुले घटेर दुई हजार ८०३.६२ मा झरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले घटेर ५२१.८३ बिन्दुमा झरेको हो ।
नेप्से घटे पनि कारोबार रकम भने आज बढेको छ । नेप्सेका अनुसार आज २२९ कम्पनीको एक करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँमा किनबेच भएको छ । आज नेप्सेमा तीन उपसमूहबाहेक सबैको सेयर रताम्य देखिएको छ । व्यापार, उत्पादनमुलक र लगानी उपसमूहको बाहेक सबैको सेयर ओरालो लागेको छ ।
चार कम्पनीको भने सेयर मूल्य उच्च अंकले वृद्धि भएको छ । आज कर्पोरेट विकास बैंक र नेपाल इन्फाइन्ट्रक्चर बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ भने नारायणी डेभलपमेन्ट बैंक र मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य आज सर्किट लेभलमा छन् । आज सर्वाधिक गिरावट हुने कम्पनी हिमालय उर्जा विकास कम्पनी रहेको छ । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतले घटेको छ ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर खरिद चाप उच्च रहेको छ । कारोबारको सवा एक घण्टाको अवधिसम्म कम्पनीको २१६ ओटा अर्डरबाट ४ लाख ६६ हजार ४४३ कित्ता सेयर खरिद भएको थियो । उच्च खरिद चापका कारण कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३.९० रुपैयाँले बढेर अन्तिम मूल्य ३७२.९० रुपैयाँ कायम भएको हो ।








धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




