चीनको वुहानमा २.९२ अर्बभन्दा बढी डोज कोरोनाविरुद्धको खोप

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


काठमाडौं, ३० पुस । चीनको हुबे प्राप्तअन्तर्गत वुहान सहरमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले जनाएको छ ।

सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान सहरबाट कोरोना भाइरसको महामारी सुरु भएको थियो । सो समयदेखि हालसम्म चीनमा संक्रमितको संख्या कम नै भएता पनि विश्वको तुलनामा कोरोना भाइरस विरुद्धको खोप डोज उच्च मात्रामा लगाइएको छ ।