
काठमाडौं, ३० पुस । सुष्मा कोइराला मेमोरियल अस्पतालले नेपालभरका १८ वर्ष मुनिका एसिडलगायत जलनबाट पीडितहरुको निःशुल्क उपचार गर्न पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडसँग सम्झौता गरेको छ ।
एसिडलगायत जलनबाट पीडितको निःशुल्क उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौतामा पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकद्वय विष्णुकुमार अग्रवाल र राजेशकुमार अग्रवाल अस्पतालका निर्देशक डा. सन्तोष भण्डारी र पीडितका लागि सहयोग उपलब्ध गराउन सक्रिय उज्वलविक्रम थापाबीच हस्ताक्षर भएको हो ।
सम्झौतापश्चात् पाल्पा सिमेन्टले अस्पताललाई उपलब्ध गराउने उक्त रकमबाट पीडितको निःशुल्क उपचार हुने बताइएको छ । २५ वर्षअघि स्थापना भएको काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालले जलेर अपांग वा अंगभंग भएका १८ वर्षमुनिकालाई अपांगरहित जीवनयापनमा सहज होस भनेर निःशुल्क उपचारका लागि पाल्पा सिमेन्टसँग सहकार्य थालेको जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्य उपचारबाट बञ्चितहरुलाई यो सहकार्यले मद्दत गर्ने इन्टष्ट्रिजले जनाएको छ । यस्तो महान् कार्यमा योगदान गर्ने अवसर पाएकोमा कृतज्ञ रहेको बताउँदै सुष्मा कोइराला मेमोरियल अस्पतालले समाजलाई यस्तो सेवा प्रदान गरेकोमा आभारी रहेको इन्डष्ट्रिजले जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




