सेञ्चुरी क्यापिटल मार्केट्सको सीईओमा रमेशकुमार श्रेष्ठ नियुक्त

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


काठमाडौं, ३० पुस । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो । उनले माघ २ गते पदभार ग्रहण गर्नेछन् ।

यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत श्रेष्ठले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहेर बैकिङ क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव बटुलेका छन् ।