थप ५०८७ जनामा कोरोना संक्रमण, तीन जनाको निधन

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


काठमाडौं, ३० पुस । पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा २० हजार ५६० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन जनाको निधन भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६१३ पुगेको छ । त्यस्तै आज ३०६ जना कोरोनामुक्त भएका छन् ।