केएमसीका सञ्चालक शर्मामाथि कालोमोसो

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


काठमाडौं, ३० पुस । काठमाडौं मेडिकल कलेज (केएमसी)का कार्यकारी अध्यक्ष सुनिल शर्मामाथि कालोमोसो दलिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सर्वपक्षीय छलफलबाट निस्कने क्रममा मन्त्रालयभित्रै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् ।

शुक्रबार मन्त्रालयमा विद्यार्थी, अभिभावक, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि, केएमसी कलेजका प्रतिनिधि, चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच छलफल थियो । शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेकाे छ । अनरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।