पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


काठमाडौं, ३० पुस । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं गरी तीन वर्षको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सभाबाट ४ वर्ष अविधिको लागि प्रतिनिधित्व गर्न ४ जना (१ जना महिलासमेत) कम्पनीको सञ्चालक सदस्यहरुमा संस्थापक सेयर धनी समूह ‘क’ को तर्फबाट प्रेमबहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुबकुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

कम्पनीको आ.व. २०७५/७६ र आ.व. २०७६/७७ को लेखा परीक्षण एन.ए.आर.एस. एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट नवराज लामिछानेले र आ.व. २०७७/७८ को डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट दिपेन्द्र कुमारले तयार पारेको लेखा परीक्षकको प्रतिवेदनहरुलाई सर्वसम्मतिबाट स्वीकृत गरियो । साथै कम्पनीको आ.व. २०७८/७९ को लेखा परीक्षण गर्न डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउण्टेन्ट दिपेन्द्र कुमारलाई लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका सञ्चालक ध्रुवकुमार श्रेष्ठले आयोजना सम्पन्न गर्न कम्पनीले भोग्नु परेको समस्या, कम्पनीको आर्थिक स्थिति र सभामा उपस्थित भई सभालाई रचनात्मक सुझाबका साथै वार्षिक साधारण सभा सम्पन्न गर्न सहयोग पुर्‍याएको भन्दै कृतज्ञता ज्ञापन गरे ।