
काठमाडौं, २ माघ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको कायमुकायम सीईओमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद शर्मा नियुक्त भएका छन् ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार बैद्यको राजिनामा स्वीकृत गरी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्मालाई शनिबारबाटै लागू हुनेगरि कायमुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरिएको हो ।
अर्को व्यवस्था नभए सम्मका लागि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा शर्मालाई नियुक्ति गरिएको कम्पनीले जनाएको छ । शर्माले माछापुच्छ्रे क्यापिटलको स्थापना तथा कृति क्यापिटल एण्ड ईन्भष्टमेन्टस् लिमिटेडसँग गाभिने प्रक्रियामा अग्रेणी भूमिकामा थिए ।
शर्माको माछापुच्छ्रे बैकलगायतका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




