थप ४९६१ जनामा कोरोना संक्रमण, तीन जनाकाे निधन

-



     सफल आवाज    
     माघ २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ माघ । पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे‍ २४ घण्टामा देशभर १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यस्तै २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् ।

यस अवधिमा तीन जनाले ज्यान गुमाएका छन् भने अहिलेसम्म देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।