सोमबार सुनचाँदीको भाउमा सामान्य बृद्धि

-



     सफल आवाज    
     माघ ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ माघ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएको छ । छापावाला सुन तोलामा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाला सुनको भाउ तोलाको ९२ हजार ४०० रूपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।