नेप्सेमा दोहोरो अंकको बृद्धि, ७ अर्ब ९० करोड बढीको कारोबार

-



     सफल आवाज    
     माघ ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ माघ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार सेयर बजार सकारात्मक यात्रामा गएको छ । बजार बन्द नहुँदासम्मको स्थितिमा भने के हुने होला भन्ने एकिन भएको थिएन । कारोबारमा करेक्सन भएको सेयर बजारमा बन्द हुँदाको समयमा पुग्दा भने दोहोरो अंकले उकालो लाग्यो ।

पछिल्ला दिनहरुमा लगानीकर्ताहरुको मनोवल बढेको छ । सेयर खरिदकर्ताहरुको उत्साह बढ्नुले बजारलाई सकारात्मक लयमा लैजान सहयोग पुर्याएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक २०.६९ अंकले बढेको छ । यसरी बढेको नेप्से परिसूचक २९४७.४३ विन्दुमा उक्लिएको छ ।

नेप्सेमा आज ०.७१ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ३.७० अंकले बढेर ५४६.३३ विन्दुमा पुगेको छ । २२४ कम्पनीको सेयर कारोबार भएको छ । १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयरको खरिदबिक्रीबाट ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ८ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ५ उपसमूहमा रातो लागेको छ । उनिहरुको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।