२० अंकले बढ्यो नेप्से, मध्य भोटेकोशीको सेयरमा सर्किट

-



     सफल आवाज    
     माघ ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ माघ । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर मापक नेप्से परिसूचक २०.६९ अंकले बढेर दुई हजार ९४७.४३ अंकमा प्रवेश गरेको छ ।

आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.७० अंकले बढेर ५४६.३३ अंकमा प्रवेश गरेको छ । आइतबारको तुलनामा आज सेयर बजारसहित कारोबार रकम घटेको छ ।

आइतबार नेप्से ६९ अंकले बढेको थियो भने ९ अर्बभन्दा बढीको कारोबार भएको थियो । आज २२४ कम्पनीको एक करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँको किनबेच भएको छ ।

आज मध्ये भोटेकोशी जलविद्युत कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । सो कम्पनीको सेयर आज १० प्रतिशतले बढेको हो ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये ८ समूहको सेयरमा हरियाली देखिएको छ भने बाँकी ५ उपसमूहको सेयर भने घटेको देखिन्छ ।