
काठमाडौं, ३ माघ । नेपालमा पुँजीगत खर्चको ग्राफ सधैं कछुवा गतिमा हुने गर्छ । ७० प्रतिशतभन्दा माथि सरकारले कहिल्यै खर्च गर्न सकेको रेकर्ड देखिदैन ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा पनि सरकारले १४ प्रतिशत पनि विकासे बजेट खर्च गरेको छैन । महालेखा नियन्त्रण कार्यालयका अनुसार चालू आर्थिक वर्षमा तीन खर्ब ७८ अर्ब ९ करोड ७७ लाख खर्च गर्ने लक्ष्यअनुसार ६ महिनासम्म १३.४४ प्रतिशत अर्थात् ५० अर्ब ८० करोड ८० लाख मात्रै खर्च भएको छ । जसअनुसार सरकारले बाँकीको ६ महिनामा ८६ प्रतिशतभन्दा बढी खर्च गर्नुपर्नेछ ।
चालू आर्थिक वर्षमा चालू, पुँजीगत र वित्तीय खर्च गरी १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख खर्च गर्ने लक्ष्यअनुसार ६ महिनामा पाँच खर्ब ६ अर्ब ६९ करोड ३० लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।
चालू खर्च १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख रुपैयाँ खर्च गर्ने लक्ष्यअनुसार ६ महिनासम्म ३८.१५ प्रतिशत खर्च भएको छ भने एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख खर्च गर्ने लक्ष्य लिएको वित्तीय खर्चको यस अवधीमा २६.१२ प्रतिशत खर्च भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।
यता सरकारले भने फ्रिज गएर बचत भएको पैसालाई आम्दानीतर्फ भएको भनेको छ । सोमबार एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांक हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतार चढाव देखिएको छ ।’
३ वर्षको अर्धवार्षिक तथ्यांक
आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजस्व संकलन कुल लक्ष्यको ३८.९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१.७३ प्रतिशत रहेको थियो । यस्तै चालू आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म ४५.९१ प्रतिशत राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो ।
अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४.८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा १४.४० भएको थियो । यस्तै चालू आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म पुँजीगत खर्च १३.४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९६ प्रतिशत कम हो । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो ।
समीक्षा अवधिको चालू र वित्तीय खर्चमा भने केही उतार चढाव देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म चालू खर्च ३२.३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२.४४ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा चालू खर्च ३६.०८ रहेकोमा वित्तीय खर्च १३.०६ भएको थियो ।
यस्तै चालू आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म चालू खर्च ३८.१३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६.१२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ ।










काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




