प्रि-ओपनिङमा साढे ५ अंक बढ्यो नेप्से

-



     सफल आवाज    
     माघ ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ माघ । आज प्रि-ओपनिङमा सेयर बजार मापक नेप्से परिसूचक साढे ५ अंक बढेको छ ।

सोमबारको २०.६९ अंक बढेर दुई हजार ९४७.४४ विन्दुमा बन्द भएको नेप्से,आज प्रि-ओपनिङमै ५.६७ अंक बढेर दुई हजार ९५३.११ बिन्दुमा पुगेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि १.९१ अंक बढेको छ ।

मंगलबार प्रि-ओपन सेसनमा १५ कम्पनीको २७ लाख ४४ हजार ७१३ रुपैयाँ ८० पैसा बराबरको ४ हजार ६२७ कित्ता सेयर खरिदबिक्री भएको भएका छन् ।