उकालो लाग्दै सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ माघ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ३० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएर तोलाको ९२ हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन एकैपटक रुपैयाँ ३० ले बृद्धि भई तोलाको १ हजार २८५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।