आज अमेरिकी डलरको मूल्य ११९ रुपैयाँ, अन्य देशको विनिमयदर कति ?

-



     सफल आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ माघ । नेपाली बजारमा आजको विदेशी मुद्राको विनिमयदर कायम गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली बजारमा आज एक अमेरिकी डलरको बिक्रीदर ११९.६२ रुपैयाँ र खरिददर ११९.०२ रुपैयाँ छ ।

आज एक यूरोको बिक्रीदर १३६.३५ रुपैयाँ र खरिददर १३५.६७ रुपैयाँ छ । यस्तै पाउण्ड स्ट्रलिङको बिक्रीदर १६२‍.९९ र खरिददर १६२.१८ रुपैयाँ तथा अष्ट्रेलियन डलरको बिक्रीदर ८६.०३ र खरिददर ८५.६० रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

एसियाली मुलुकतर्फ सिंगापुर डलरको बिक्रीदर ८८.७१ र खरिददर ८८.२६ तथा १० जापानी ऐनको बिक्री दर १०.४४ र खरिददर १०.३८ रुपैयाँ छ । चिनियाँ युआनको बिक्रीदर १८.३३ र खरिददर १८.७४ तथा साउदी रियालको बिक्रीदर ३१.८८ र खरिददर ३१.७२ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

कतारी रियालको बिक्रीदर ३२.८५ र खरिददर ३२.६९ तथा संयुक्त अरब इमिरेट्सको दिरामको बिक्रीदर ३२.५७ र खरिददर ३२।४० रुपैयाँ छ ।