नेप्सेमा प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य समायोजन, माघ २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय

-



     सफल आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०६१.७१ रुपैयाँ निर्धारण गरिएको हो ।

नेप्सेका अनुसार कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । कम्पनीको बैठकले लाभांश र साधारण सभा प्रयोजनका लागि माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १२१३ रुपैयाँमा पटक कारोबार भएको थियो ।