हवाई हमलामा हुथीका कमाण्डरसहित २० जनाको ज्यान गयो

-



     सफल आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ माघ । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा गरेको हवाई हमलामा हुथीका एक कमाण्डरसहित २० जनाको ज्यान गएको छ । मंगलबार यमनको राजधानी सानामा गरेको गठबन्धन सेनाको हवाई हमलामा परी २० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाले उल्लेख गरेका छन् ।

हवाई हमलामा हुथी लडाकु संगठनको वायु सेनाका जर्नेल अब्दुल्लाह कासिम अल जुलाइदको समेत ज्यान गएको बताइएको छ । हुथीको सञ्चालन गर्दै आएको साबा समाचार माध्यमले समेत साउदी हवाई हमलामा जुनाइदसहित उनकी श्रीमती र छोरा मारिएको पुष्टि गरेको छ ।

सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा हुथीले ड्रोन हमला गरलगत्तै गठबन्धन सेनाले सानामा हवाई हमला गरेको हो । अबुधाबीमा भएको ड्रोन हमलामा २ भारतीय र एक पाकिस्तानी नागरिकको ज्यान गएको थियो ।