बुधबार ३८ अंकले घट्यो नेप्से, ६ अर्ब रुपैयाँको कारोबार

-



     सफल आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ माघ । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १.३१ प्रतिशतले घटेर ६ अर्ब रुपैयाँको मात्रै सेयर खरिदबिक्री भएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३५ अंकले घटेर दुई हजार ८९८.३१ बिन्दुमा झरेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ । आज कारोबार रकमसमेत घटेको छ । मंगलबार ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकोमा बुधबार ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको एक करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर किनबेच भएको हो ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ वटै उपसमूहको सूचक आज नकारात्मक देखिएको छ । व्यापार, फाइनान्स, विकास बैंक उपसमूहको सूचक उच्चदरले घटेको छ । आज बुद्धभुमि हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने सामलिंग पावरको ९.९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत र सेञ्चुरी बैंकको २.७९ प्रतिशतले बढेको छ ।