एक बैंक र तीन लघुवित्तको १ करोड ३४ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     माघ ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ माघ । नेपाल स्टक एकसचेन्जमा एक बैंक तथा तीन लघुवित्त गरी चारवटा कम्पनीको सेयर सूचीकृत भएको छ ।

माछापुच्छ्रे बैंक, आशा लघुवित्त, साधना लघुवित्त र गुराँस लघुवित्त वित्तीय संस्थाको १ करोड ३४ लाख ९१ हजार ८८९ कित्ता सेयर सूचीकृत भएको हो ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गएको वर्ष १३.३० प्रतिशत सेयर वितरण गरेको थियो ।

आशा लघुवित्त

आशा लघुवित्त वित्तीय संस्थाको ६ लाख ६७ हजार ८२८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । आशाको २५ प्रतिशत सेयर वितरण गरिएको थियो ।

साधना लघुवित्त

साधना लघुवित्त वित्तीय संस्थाको ६ लाख ४२ हजार ४५१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । यस लघुवित्तको २५ प्रतिशत सेयर वितरण गरिएको थियो ।

गुराँस लघुवित्त

गुराँस लघुवित्त वित्तीय संस्थाको १ लाख ४१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस लघुवित्तको १६.९० प्रतिशत बोनस सेयर वितरण गरिएको थियो ।