ग्लोबल आइएमई बैंकले कमायाे २ अर्ब ६६ करोड

-



     सफल आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ माघ । ग्लोबल आइएमई बैंकले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा सामान्य बृद्धि भएको छ ।

यस वर्षको पुस अन्तिमसम्म बैंकले २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे गतवर्षको सोहि अवधिकोभन्दा १५.०४ प्रतिशत बढी हो । कमिसन आम्दानी बढ्दा इम्पेयरमेन्ट चार्ज घटेको कारण बैंकको नाफामा बृद्धि भएको हाे।

बैंकको खुद ब्याज आम्दानी ०.४९ प्रतिशत, कमिसन आम्दानी १३.६९ प्रतिशत र समिक्षा अवधिमा संचालन मुनाफा १३.५७ प्रतिशतले बढेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज घटेर १० करोड ४० लाख भएको छ । यो गत वर्ष पुस मसान्तसम्म २९ करोड ७८ लाख रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी भने बढेको छ । यस अवधिमा २१ रुपैयाँ ४० पैसाबाट बढेर २२ रपैयाँ ३९ पैसा भएको छ । मूल्य आम्दानी रेसियो १४.५६ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ ।

यस वर्षको पहिलो ६ महिनामा चुक्ता पूँजी १० प्रतिशतले बढ्दा जगेडा कोषमा ३.४९ प्रतिशतले घटेको छ । तर बैंकको निक्षेपमा १.२९ प्रतिशत र कर्जामा १२.१५ प्रतिशत बढेको छ ।