२४ घण्टामा १०,७०३ जनामा कोरोना संक्रमण

-



     सफल आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ माघ । पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २३ हजार ९२ परीक्षण गर्दा १० हजार ७०३ मा संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ । पछिल्लो समय थप ७६६ संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या आठ लाख १९ हजार ५७५ पुगेको छ । संक्रणमुक्त हुने दर ९१।४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा तीन जनाको संक्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६३५ को संक्रमणका कारणले मृत्यु भएको छ । ५ सय र २०० भन्दाबढी संक्रमण भएको जिल्ला १५र१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दाबढी संक्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहु, स्याङजा, वागलुङ, दाङ, सुर्खेत र कन्चनपुर रहेका छन् ।

नेपालमा संक्रमण दर १७।६ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ६३ हजार ७३४, संस्थागत आइसोलेसनमा एक हजार ६४०, आइसीयूमा १९४ र भेन्टिलेटरमा ३५ को उपचार हुँदैछ ।

तीन लाख बढीले खोप लगाए

विगत २४ घण्टामा तीन लाख सात हजार ४०१ ले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ३७९ र पूर्णमात्रा एक करोड २७ लाख ४६ हजार ५८० जनाले लगाइसकेका छन् ।

यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज ५० हजारभन्दा बढीले लगाएका छन् । मन्त्रालयका अनुसार यही माघ २ गतेदेखि अग्रपङ्तिमा काम गर्नेलाई अहिलेसम्म ५० हजार २०७ मात्रा बुष्टर डोज खोप लगाइएको छ ।