
काठमाडौं, १३ माघ । एनआइबीएल एस क्यापिटल लिमिटेडले एनआइबीएल समृद्धि फण्ड-१ को स्वामित्वमा रहेको साधारण सेयर र ऋणपत्र लिलाम बढाबढमा बिक्री गर्ने भएको छ ।
बिहीबारदेखि एनआइबीएल समृद्धि फण्ड-१ को स्वामित्वमा रहेको १ सय र १ हजार मूल्यका साधारण सेयर तथा ऋणपत्रको लिलाम बढाबढबाट बिक्री खुला गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआइबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआइबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको पहिलो सामुहिक लगानी योजना, एनआइबीएल समृद्धि फण्ड -१ पुस २२ गते परिपक्व भएको थियो ।
तसर्थ, योजना खारेजीमा लैजाने क्रममा एनआइबीएल समृद्धि फण्ड-१ को स्वामित्वमा रहेको साधारण सेयरहरु/ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । सेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाहरुले, माघ १३ गतेदेखि माघ २० गते सम्ममा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आफूले लिन चाहेको सेयरहरु/ऋणपत्रहरु दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्नुपर्ने छ ।









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




